मोदीको सुरक्षाका लागि ११ हजार सुरक्षाकर्मी

पत्रपत्रिकाबाट

शनिबार, २२ बैशाख २०७५, ०७ : २२
मोदीको सुरक्षाका लागि ११ हजार सुरक्षाकर्मी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका छन् । आजकोनेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका ५ हजार, सशस्त्र प्रहरी र नेपाली सेनाका ३/ ३ हजार र राष्ट्रिय अनुसन्धानबाट दुई सयको हाराहारीमा सुरक्षाकर्मी खटिदै छन् । काठमाडौं उपत्यका, जनकपुर, मुक्तिनाथ र आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस