हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, ११ : १४
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं  । नेपाल राष्ट्र बैंकले  बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५पैसा  र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७५ पैसा र बिक्री दर १३५रुपैयाँ ४२  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८५ पैसा र बिक्री दर १६१ रुपैयाँ ६६ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८० पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३२ पैसा र बिक्री दर ८५ रुपैयाँ ७५ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ८२ पैसा र बिक्री दर ३१ रुपैयाँ ९८ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७८ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस