विदेश राज्यमन्त्री फिल्ड आइतबार आउँदै

रासस

शुक्रबार, २१ बैशाख २०७५, २० : १४
विदेश राज्यमन्त्री फिल्ड आइतबार आउँदै

काठमाडौँ ।  एशिया तथा प्रशान्तका लागि संयुक्त अधिराज्यका विदेश राज्यमन्त्री मार्क फिल्ड नेपालको दुईदिने भ्रमणमा आगामी आइतबार राजधानी आउने भएका छन् ।  

दुई सय वर्ष पुरानो नेपाल–बेलायतबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन राज्यमन्त्री फिल्डबाट उक्त भ्रमण हुन लागेको यहाँस्थित बेलायती राजदूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

नेपालको संघीयतामा सघाउने एवं दुई देशबीचको व्यापार तथा लगानी बढाउने बारेमा आफूले नेपालका उच्च अधिकारी र व्यापारी समुदायसँग विचारविमर्श गर्ने अभिव्यक्ति काठमाडौँतर्फ प्रस्थान गर्नुअघि लण्डनमा राज्यमन्त्री फिल्डले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस