काठमाडौं । देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ।
यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै राति पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली रहने छ। स्तै पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना