इस्लामाबाद । पाकिस्तानमा पहिलो पटकमा सर्बोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् ।न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् ।
बिहीबार पाकिस्तानको न्याय सेवा आयोग ९जेसीपी० ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन् । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरुले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन् ।
मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सीलले पनि आन्दोलन घोषणा गरेको थियो । सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० माघ २०७८, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल