कोरोनाले राष्ट्रिय महिला लिग रोकियो

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, ११ : ५४
कोरोनाले राष्ट्रिय महिला लिग रोकियो

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि राष्ट्रिय महिला लिग स्थगित भएको छ । माघ १५ देखि शुरु हुने भनिएको लिग कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित गरिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सूचना सार्वजनिक गर्दै अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित भएको जनाएको छ ।

यही १५ गतेदेखि हुने तय भएको लिगमा विभागीय ३ र ५ स्थानीय तहसहित ८ टोली खेल्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस