चितवन । युवाहरु माझ लोकप्रिय चितवनका युवा व्यवसायी सुलब सिग्देल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भरतपुर महानगर कमिटी सचिवमा सर्वसम्मत चयन भएका छन ।
आइतबार भरतपुरस्थित पार्टी कार्यालयमा राप्रपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङको प्रमुख आतिथ्यतामा भएको भेलाले सिग्देललाई सचिव पदमा सर्वसम्मत चयन गरेको हो ।
सिग्देल राप्रपाको विभिन्न समितिमा रहेर काम गरिसेकाका छन् । लामो समय विदेश बसेका उनी देशमै केही गर्नुपर्छ भन्ने सोचले नेपाल आएर सैलुन ब्यवसाय सुरु गरेका हुन् ।
सिग्देलले भरतपुरको सिजी ल्याण्डमार्कमा आफ्नो व्यवसाय संचालन गर्दै आइरहेका छन । युवाहरुलाई साथमा लिएर पार्टीको गतिविधि संचालन गर्ने सचिव सिग्देलले बताए ।
उनले देशको निकास र विकास राप्रपाबाट मात्रै सम्भव भएको भन्दै पार्टीका विचार र सिद्धान्त आम जनतामा लैजाने प्रतिबद्धता जनाए । भेलाले दिपक थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग