चितवन । युवाहरु माझ लोकप्रिय चितवनका युवा व्यवसायी सुलब सिग्देल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भरतपुर महानगर कमिटी सचिवमा सर्वसम्मत चयन भएका छन ।
आइतबार भरतपुरस्थित पार्टी कार्यालयमा राप्रपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङको प्रमुख आतिथ्यतामा भएको भेलाले सिग्देललाई सचिव पदमा सर्वसम्मत चयन गरेको हो ।
सिग्देल राप्रपाको विभिन्न समितिमा रहेर काम गरिसेकाका छन् । लामो समय विदेश बसेका उनी देशमै केही गर्नुपर्छ भन्ने सोचले नेपाल आएर सैलुन ब्यवसाय सुरु गरेका हुन् ।
सिग्देलले भरतपुरको सिजी ल्याण्डमार्कमा आफ्नो व्यवसाय संचालन गर्दै आइरहेका छन । युवाहरुलाई साथमा लिएर पार्टीको गतिविधि संचालन गर्ने सचिव सिग्देलले बताए ।
उनले देशको निकास र विकास राप्रपाबाट मात्रै सम्भव भएको भन्दै पार्टीका विचार र सिद्धान्त आम जनतामा लैजाने प्रतिबद्धता जनाए । भेलाले दिपक थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठेको राप्रपा असन्तुष्ट पक्षको निष्कर्ष
राप्रपा महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै