काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आजदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा विभिन्न गतिविधि सञ्चालनमा निर्वाचन निर्वाचन आयोगले रोक लगाएको छ ।
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने आयोगको भनाइ छ ।
त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने आयोगले जनाएको छ । माघ १२ मा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा समितिको प्रतिवेदन पेस
विकासशील राष्ट्रमा स्तरोन्नतिपछिको हाम्रो बाटो उत्पादनमा केन्द्रित हुनुपर्छ : डा. शाक्य
एलडीसी ग्र्याजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत
राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न माग
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
मधेशमा पानीको हाहाकार, सांसदहरूले गरे सरकारको ध्यानाकर्षण