काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आजदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा विभिन्न गतिविधि सञ्चालनमा निर्वाचन निर्वाचन आयोगले रोक लगाएको छ ।
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने आयोगको भनाइ छ ।
त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने आयोगले जनाएको छ । माघ १२ मा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा