काठमाडौं । एमालेले पार्टी अध्यक्ष केपी ओली कोरोना संक्रमित भएको जानकारी गराउँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । तर, ओली पत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण नभएको स्पष्ट पारेको छ ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भए पनि पत्नी शाक्यलाई भने कोरोना संक्रमण नभएको जनाउँदै अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।
‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं,’ रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ माघ २०७८, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी
पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता