पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा परेर गैंडाको मृत्‍यु

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १५ : ३३
पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा परेर गैंडाको मृत्‍यु

चितवन। चितवनको नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा परेर एक गैंडाको मृत्‍यु भएको छ ।

भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा खसेर गैंडाको मृत्यु भएको हो ।

बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था गैंडा सो नालीमा परेको अनुमान गरिएकोछ । घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर र लिङ्गको बारेमा खुलेको छैन ।

निकुञ्जको टोली घटनास्थलतर्फ जाँदै गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।