काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेले ललित निवास (बालुवाटार) जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा अवधारण सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले ललिता निवासको १४३ सरकारी जग्गा हिनामिनामा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् ।
अवधारणपत्रको १३औँ बुँदामा भनिएको छ– ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई ’थप अनुसन्धान का नाममा सरकारी वकिल कार्यालयमार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नहरूलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको छ ।’
तर, राजनीतिक इबी साध्न र शुभलाभका लागि ’ब्ल्याकमेल’ गर्ने, उद्यमी–व्यवसायीहरूलाई तर्साउने, बार्गेनिङ गर्ने र मुख्य मुद्दाहरूलाई ओझेलमा पार्ने कुरा एमालेलाई स्वीकार्य हुन नसक्ने ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ माघ २०७८, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली
एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै