राष्ट्रिय वाणिज्य बैंक भरतपुरका सेवा स्थगित, राजस्व र पेन्सनको काम हुने

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, १९ : ३२
राष्ट्रिय वाणिज्य बैंक भरतपुरका सेवा स्थगित, राजस्व र पेन्सनको काम हुने

चितवन । राष्ट्रिय वाणिज्य बैंक भरतपुर चितवनका कर्मचारीहरुमा कोरोना संक्रमण फैलिएपछि बैंकले आफ्ना केही सेवाहरु स्थगित गरेको छ । 
सरकारी राजस्व जम्मा गर्ने र पेन्सन नवीकरण गर्ने बाहेकका सेवा स्थगित गरिएको बैंकले जनाएको छ। भोलि ९ गतेदेखि १४ गते सम्म यी दुई सेवाबाहेक अरु सेवा बन्द गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।

शाखाका धेरैजसो कर्मचारीमा कोरोना संक्रमण देखा परेको र आइसोलेसनमा रहेको हुनाले सेवा कटौती गर्नुपरेको जारी विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिमा सेवा लिन आउँदा खोप कार्डसहित आउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस