अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, १२ : ०६
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ । पहिरो पन्छाएपछि आज बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको हो ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

लामो समयसम्म गाडी जाम भएकाले अहिले सो सडकखण्डमा सवारी साधनको चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हतार नगरी यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस