अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को वडा भेला सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, १६ : ३२
अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को वडा भेला सम्पन्न

चितवन । अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को वडा भेलाले सन्तबहादुर तामाङको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना सुनार  तथा सचिबमा अन्जना परियार, कोषाध्यक्षमा शोभा नेपाली साथै सह-सचिबमा भिमराज महतो चयन भएका छन ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक यम बहादुर परियारले जनताको बर्षौ देखिको चाहाना पुरा हुने दिशातिर काम अगाडी बढेको र आफ्नो अधिकार प्राप्त गर्न सबै सुकुम्बासीहरु अखिल नेपाल सुकुम्बासी संघमा सङठित हुन आग्रह गरे ।

यस्तै भेलालाइ सम्बोधन  गर्दै  भुमी आयोगका अध्यक्ष बद्री तिमिल्सेनाले यहि माघ १८ गतेबाट भुमिविहिन सुकुम्बासीहरुको पुर्जा वितरणका लागि ठोस कदम चालिने बताए । कार्यक्रमाम बोल्दै नेकपा (माओवादी केन्द्र) भरतपुर १३ का अध्यक्ष सुदिप सुबेदीले राष्ट्रियता र जनजविकाको सवालमा देशकै मियो पार्टी माओवादी केन्द्र भएकाले अरु पार्टीको शब्दजालको भ्रममा नपर्न अपिल गरे । 

प्रतिक्रिया दिनुहोस