काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वैशाखमै स्थानीय तहको चुनाव हुने बताएका छन् । संचारमाध्यमसंग कुरा गर्दै थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन् ।
‘विभिन्न कारण देखाएर चुनाव सार्न खोजियो भने त्यो संविधानको अपव्याख्या हुन्छ । हामी त्यसो हुन दिने छैनौं । कांग्रेस वैशाखमा चुनाव गर्ने पक्षमा छ । गठबन्धनलाई पनि त्यसअनुसार तयार गरिन्छ,’ महामन्त्री थापाले भने ।
गठबन्धनमा रहेका केही दलहरूले तत्काल चुनाव नचाहेको भए पनि संविधान अनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्नैपर्ने उनले बताए । ‘प्रधानमन्त्री वैशाखमा स्थानीय तहको चुनाव गर्ने कुरामा स्पष्ट हुनुहुन्छ । मैले भर्खरै उहाँसँग चुनाव र सरकारका कामको बारेमा विस्तृतमा छलफल गरेको छु । कांग्रेसकै कारण चुनाव सर्छ भन्ने कुरामा सत्यता छैन, त्यो हावादारी हो,’ थापाले भने ।
स्थानीय तह एक दिन पनि जनप्रतिनिधिविहीन नहोस् भन्ने उद्देश्यले संविधान र कानूनमा सोही अनुसारको व्यवस्था गरिएकाले त्यसलाई पालना गर्नुपर्ने थापाले बताए । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारको काममा सन्तोष गर्ने ठाउँ नभएको स्वीकार्दै उनले कार्यशैली सुधार गर्न पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई सुझाव दिएको उनले बताए ।
यसअघि प्रधानमन्त्री देउवाले कांग्रेसको महाधिवेशन सम्पन्न गराउन लाग्नुपरेकाले सरकारको काममा कम ध्यान गएको र अबको दिनमा देउवाले पार्टीभन्दा बढी सरकारलाई ध्यान दिने थापाले बताए । फरक सन्दर्भमा उनले अमेरिकी सहयोग एमसीसी संसदमा पुगेकाले त्यही विस्तृतमा छलफल गरेर टुंगोमा पुर्याउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण