प्रदेश २ को नाम मधेश प्रदेश पारित

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १७ : ४७
प्रदेश २ को नाम मधेश प्रदेश पारित

काठमाडौं । प्रदेश २ को नाम मधेश कायम भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेशलाई बहुमतले पारित गरेको हो । 

प्रदेशसभामा भएको निर्वाचनमा मधेशको पक्षमा ८० मत खसेको हो । जुन दुई तिहाइ भन्दा बढी छ । विपक्षमा १९ मत परेको थियो । मतदानमा ९९ जना सदस्य सहभागि थिए । 

मधेश नाममा जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल र नेकपा माओवादी केन्द्रको सर्मथन थियो । नेपाली काँग्रेसले मिथिला भोजपुरा र नेकपा एकिकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका थिए । 

यसअघि राजधानी तोकिएको छ । दुई तिहाइसहित जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित भएको छ। 

प्रतिक्रिया दिनुहोस