प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १२ : २०
प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सरकार गठनको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भएका अवस्थामा राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको दिन र समय निर्धारण भइसकेको छैन ।

‘प्रधानमन्त्रीज्यूले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका सहयोगी विजयी अधिकारीले बताए । उनका अनुसार राष्ट्रको नाममा सम्बोधन गर्ने मिति र समय निर्धारण भइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस