बेइजिङ । चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो ।
विश्वकै ठूलो अर्थतन्त्र भएको देश चीनमा सन् २०२१ मा प्रति एक हजारमा ७ दशमलब ५२ जनाको जन्म हुने गरेको चीनको राष्ट्रिय तथ्यांक व्युरोले जनाएको छ । यसअघि सन् २०२० मा प्रति हजारमा ८ दशमलव ५२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको जन्म दर सन् १९४९ मा चीनको स्थापनापछिको अहिलसम्मकै न्यून हो ।
चीनमा सन् २०१६ देखि दुई सन्तान जन्माउन अनुमति दिइएको छ र परिवार नियोजनसम्बन्धी नियम खुकुलो बनाइएको छ । तर, पनि चिनियाँ दम्पत्तीमा एकभन्दा बढी सन्तान जन्माउने इच्छा बढेको देखिदैन् ।
सन् २०२१ मा चिनियाँ अधिकारीहरुले दम्पत्तीलाई तीन सन्तानसम्म जन्माउन अनुमति दिएका थिए । सरकारी तथ्यांकअनुसार सन् २०२१ मा एक करोड ६२ लाख शिशु जन्मिएका थिए ।
तथ्यांकअनुसार राष्ट्रिय जनसंख्या बृद्धि प्रति एक हजार जनामा १ दशमलव ४५ बाट शून्य दशमलब ३४ प्रतिशतमा झरेको छ । जनसंख्याको चुनौती सर्वविविधै छ, तर बृद्ध जनसंख्याको गति अनुमान गरेभन्दा तीव्र छ,’ पिनपोइन्ट असेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवी झाङले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०३ माघ २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री
चीनद्वारा नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग भ्रमण टोली भरतपुरमा
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित
चीनले आफ्ना नागरिकलाई भन्यो– जोर्डनको सिमाना हुँदै इजरायल छाड