धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, १५ : ४७
धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी

चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।आयोजना बीचमानै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।

बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गरेका छन ।

चितवनको भरतपुर १५ मा अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्ने भन्दै रकम उठाएर फाउण्डेसनले निर्माणकार्य अपूरो छोडेको छ ।अधिकारीले भने, ‘हामीले पटक पटक मापदण्ड र लागतमा ध्यानाकर्षण गरायौँ तर उहाँहरुले सुन्नुभएन। अहिले आयोजना अलपत्र पार्ने र कति रकम उठ्यो भन्नेसम्मको पारदर्शी हिसाबकिताब सार्वजनिक नगरेपछि उजुरी दिएको हुँ ।’

उजुरी अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा दर्ता गराएको जानकारी दिए ।फाउण्डेसनले पर्याप्त आर्थिक स्रोत नभएको भन्दै रंगशालाको जिम्मेवारी लिन भरतपुर महागनरपालिकालाई पत्राचार गरिसकेको छ । तर कामको मूल्याङ्कन गर्दा जम्मा १४ प्रतिशत काम सकिएको इन्जिनियरको प्रतिवेदन रहेको बताइएको छ । हाल कुनै काम भएको छैन ।

प्रतिक्रिया दिनुहोस