माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, १५ : ३५
माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए ।यीलगायत भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस