एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शनिबार, ०१ माघ २०७८, १४ : ०३
एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना भाइरसबाट संक्रमित भएका छन् । आज (शनिबार) पौडेलले आफूलाई कोरोना भाइरस संक्रमण भएको बताएका हुन् ।

फेसबुकमार्फत उपाध्यक्ष पौडेलले कोरोना पोजेटिभ भएको जानकारी गराएका छन् । पछिल्लो समय तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसद्वारा थुप्रै नेता, मन्त्रीदेखि सर्वसाधारण व्यक्तिहरु पनि संक्रमित भइरहेका छन् ।

हिजो शुक्रबार एमालेकै महासचिव शंकर पोखरेलले पनि कोरोना संक्रमण भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस