कोरोना संक्रमणको असर : रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

शनिबार, ०१ माघ २०७८, १० : १२
कोरोना संक्रमणको असर : रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर ह्वात्तै बढेपछि सरकार यसको रोकथाम र नियन्त्रणमा जुटेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीनियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने भएको छ । राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो ।

यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् । त्यस्तै, राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ । 

प्रतिक्रिया दिनुहोस