१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा रोक्यो

एजेन्सी

शुक्रबार, ३० पुस २०७८, ०८ : १८
१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा रोक्यो

काठमाडौं । १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । 

CG Hills

बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो । 

अब, अर्को लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३(० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।