मन्त्रीहरुमा कोरोना देखिएपछि मन्त्रिपरिषद बैठक अनिश्चित

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १३ : १९
मन्त्रीहरुमा कोरोना देखिएपछि मन्त्रिपरिषद बैठक अनिश्चित

काठमाडौँ । संघीय सरकारका मन्त्रीहरूमा कोरोना संक्रमण देखिएपछि आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएको छ । नियमित रुपमा हरेक बिहीबार बस्दै आएको मन्त्रिपरिषद बैठक आज बस्ने या नबस्ने भन्ने टुंगो लागिसकेको छैन ।

स्रोतका अनुसार केही मन्त्रीहरु कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने केही कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । यसका कारण मन्त्रीहरु उपस्थित हुन नसक्ने भएकाले मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम रहेको छ ।

प्रधानमन्त्री समेत कन्ट्रयाक्ट ट्रेसिङमा परेकोले आज मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । यसअघि गत सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक पनि बस्न सकेको थिएन ।