काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद बैठक बस्ने तयारी भएको छ। सामान्यतस् मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गरे पनि भोलि सार्वजनिक बिदा भएकाले आजै बैठक बस्ने प्रशासनिक स्रोतले जानकारी दिएको छ।
आजको बैठकले नेपालको प्रमुख जासुसी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुख नियुक्त गर्ने सम्भावना छ। तत्कालीन प्रमुख हुत्तराज थापा भदौ २९ गते अनिवार्य अवकाशमा गएपछि विभाग प्रमुख पद रिक्त बनेको थियो। अब वरिष्ठ दुई एआइजीपीसरहका अधिकारीमध्ये एकलाई प्रमुखमा नियुक्त गर्ने तयारी भएको बताइन्छ।
अनुसन्धान जस्तो संवेदनशील निकायलाई लामो समयसम्म रिक्त राख्न नमिल्ने भएकाले पछिल्लो राजनीतिक घटनाक्रमका कारण ढिलाइ भए पनि अब नियुक्ति टुंगो लगाउने निष्कर्षमा पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ। सम्भवतस् टेकेन्द्र कार्की नयाँ प्रमुख हुने दाबी स्रोतले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद बैठक आज बस्दै
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?
आज साँझ मन्त्रिपरिषद् बैठक, डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे छलफल हुने