१६ महिने बालकको चक्कु प्रहार गरी हत्या

सफल खबर संवाददाता

बुधबार, २८ पुस २०७८, १७ : २८
१६ महिने बालकको चक्कु प्रहार गरी हत्या

काठमाडौं । १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ । स्याग्जा वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ । 

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेका छन् । प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस