उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकको निर्णय : काठमाडौंमा २५ जनाभन्दा भेला हुन नपाइने

सफल खबर संवाददाता

मंगलबार, २७ पुस २०७८, १६ : १०
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकको निर्णय : काठमाडौंमा २५ जनाभन्दा भेला हुन नपाइने

file Photo

काठमाडौं । काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ । 

प्रतिक्रिया दिनुहोस