काठमाडौँ । गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा अर्घाखाँचीमा नाराबाजी भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदर्शनमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नाराबाजी भएको हो ।
सन्धिखर्कको मुख्य चोकहरूमा प्रदर्शन गर्दै राप्रपा कार्यकर्ताहरूले गण्तन्त्र, संघीयता र धर्मनिरपेक्षता देशको लागि आवश्यक नभएकोले देशमा राजतन्त्रको विकल्प नभएको जोड दिएका छन् ।
बजार परिक्रमापछि शान्ति बगैँचामा भएको कोणसभामा राप्रपा अर्घाखाँचीका अध्यक्ष दिपक कुँवरले गणतन्त्रवादीहरूले राजाको इतिहास मेट्न खोज्नु दुर्भाग्य भएको बताए ।
आस्था र विचारका आधारमा इतिहास मेट्ने प्रयास गरिनु दुःखद् रहेको अध्यक्ष थापाले बताए । कार्यक्रममा राजाको पक्षमा नाराबाजी गर्दै राप्रपा कार्यकर्ताहरूले नाचगानसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ पुस २०७८, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने