पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार जाने

सफल खबर संवाददाता

सोमबार, २६ पुस २०७८, १२ : ३९
पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार जाने

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वीजयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । 

उनी सिंहदरबरको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । 

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस