काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतका रुपमा सात प्रदेशमा खटाइएका जिल्ला न्यायाधीशहरूले निर्वाचन आयोगले निर्वाचन अधिकृतको आर्थिक अधिकारमा अंकुश लगाउने गरी कार्यविधि संशोधन गरेकाप्रति असन्तुष्टि जनाउँदै थप भत्ता नलिई निर्वाचन गराउने घोषणा गरेका छन्।
निर्वाचन आयोगले ऐनसँग बाझिनेगरी राष्ट्रियसभा सदस्य निर्वाचन आर्थिक कार्यविधि बनाएकाप्रति असन्तुष्टि जनाउँदै निर्वाचनमा खटिएबापत उपलब्ध गराइने कुनै पनि भत्ता, आर्थिक सुविधा नलिईकनै खटाइएको जिम्मेवारी पूरा गर्ने निर्णय न्यायाधीशहरूले गरेका हुन्।
माघ १२ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सात प्रदेशमा सातजना जिल्ला न्यायाधीशलाई पुस १२ मा निर्वाचन अधिकृत नियुक्त गरिएको थियो । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ पुस २०७८, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मृतकको नाम प्रयोग गरी मतदान हुन नदिन आवश्यक व्यवस्था गरिएको आयोगको स्पष्टीकरण
निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुगमन अधिकृतलाई आयोगको अनुरोध
समानुपातिक बन्द सूचीमा रहेका त्रुटिबारे दलहरूसँग छलफल गर्दै आयोग
आयोगद्वारा नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा