काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी भाडा समायोजन गर्ने निर्णय गरेको छ । ट्याक्सी सेवाको भाडादर समायोजन गरेको सरकारले उपत्यकाभित्र पहिलो एक किलोमिटरसम्मको यात्राको फ्लाग डाउन (मिटर सुरू) ६० रुपैयाँ कायम हुने निर्णय गरेको छ ।
सुरुको एक किलोमिटर पछि प्रति २ सय मिटरको ९ रुपैयाँ ८० पैसा रुपैयाँका दरले थप हुनेछ । भाडादर समायोजनपछि ट्याक्सीहरुले पूर्णरुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने सर्त पनि राखिएको छ ।
सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा प्रयोग भएको भिजिटिङ कार्ड उपलब्ध गराउन पनि भनेको छ ।
ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रयायकले सुरक्षित राखेर प्रहरीलाई सूचना दिनुपर्ने र ट्याक्सी नियमित रुपमा सरसफाई गरि लैङ्गिक विभेदरहित सेवाग्राही मैत्री व्यवहार गर्न पनि भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट