काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी भाडा समायोजन गर्ने निर्णय गरेको छ । ट्याक्सी सेवाको भाडादर समायोजन गरेको सरकारले उपत्यकाभित्र पहिलो एक किलोमिटरसम्मको यात्राको फ्लाग डाउन (मिटर सुरू) ६० रुपैयाँ कायम हुने निर्णय गरेको छ ।
सुरुको एक किलोमिटर पछि प्रति २ सय मिटरको ९ रुपैयाँ ८० पैसा रुपैयाँका दरले थप हुनेछ । भाडादर समायोजनपछि ट्याक्सीहरुले पूर्णरुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने सर्त पनि राखिएको छ ।
सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा प्रयोग भएको भिजिटिङ कार्ड उपलब्ध गराउन पनि भनेको छ ।
ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रयायकले सुरक्षित राखेर प्रहरीलाई सूचना दिनुपर्ने र ट्याक्सी नियमित रुपमा सरसफाई गरि लैङ्गिक विभेदरहित सेवाग्राही मैत्री व्यवहार गर्न पनि भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा