कोरोना अपडेट: थप ९४४ जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, २४ पुस २०७८, १६ : ११
कोरोना अपडेट: थप ९४४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ७६२ र एन्टिजेन विधिबाट ३ हजार ५०२ जनामा परिक्षण गर्दा ९४४ जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप २९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार ६ जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप कसैको मृत्यु भएको जानकारी छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०२ छ । 

प्रतिक्रिया दिनुहोस