काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड १९ (कोरोना) संक्रमण देखिएको छ । उनका निजी सचिवालयले स्वास्थ्यमा असहजता देखिएपछि हिजो बेलुकी पीसीआर र एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ।
‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ,’ उनको निजी सचिवालयले जानकारी दिदैं भनेको छ, ‘यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले स्वास्थ्य सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं।
अध्यक्ष प्रचण्ड अहिले डाक्टरको सल्लाहअनुसार आइशोलेसनमा बसेका छन् भने उनी सहभागी हुनुपर्ने पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ । यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’