काठमाडौँ । गृह मन्त्रालयले आर्थिक लाभ पु-याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ ।
यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा आज जारी विज्ञप्तिमा गाउँ समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानुनी कार्य फष्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य जारी रहेको जनाइएको छ ।
सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक