काठमाडौँ । गृह मन्त्रालयले आर्थिक लाभ पु-याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ ।
यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा आज जारी विज्ञप्तिमा गाउँ समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानुनी कार्य फष्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य जारी रहेको जनाइएको छ ।
सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन