बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा थप ९६८ जनामा संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, २३ पुस २०७८, १६ : ३५
बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा थप ९६८ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८२७२ र एन्टिजेन विधिबाट ६६९९ जनामा परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ५२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ८४१ जना पुगेको छ।  

यो साताको तथ्यांक हेर्दा दैनिक नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । यसअघि आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा, मंगलबार ३९३ जना र बुधबार ४३५ जना र बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।  

यस्तै, आज थप २६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार ७०९ जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप कसैको मृत्यु भएको जानकारी छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०२ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस