ब्याजदर बढाएर सहकारीलाई परेको समस्याको समाधान हुदैन : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, २३ पुस २०७८, १५ : ०८
ब्याजदर बढाएर सहकारीलाई परेको समस्याको समाधान हुदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीलाई परेको समस्याको समाधान ब्याजदर बढाएर समाधान नहुने बताएकी छन् ।

नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले व्याजदर बढाउने विषय सहकारीको नीति विपरीत रहेको भन्दै ब्याजदर बढाएर समाधान नहुने बताएकी हुन् । मन्त्री श्रेष्ठले सहकारीबाट जनता ठगिने देखिएकाले त्यसलाई रोकिने स्पष्ट पारिन् ।

त्यस्तै उनले सहकारीको परिचालनसम्बन्धी भिजन पेपर बनाउन लगाएको भन्दै हचुवाको भरमा सहकारी नीति नबनाइने स्पष्ट पारिन् । केही सहकारीको बेइमानीका कारण यस क्षेत्रप्रति जनताको विश्वास घट्दै गएकाले नियतमा खराबी भए कारबाही र नीतिगत समस्या भए समाधान गर्न आफू तयार रहेको उनले बताइन् ।

मन्त्री श्रेष्ठले संस्थाको फाइदा भन्दा पनि जनताको आवश्यकताका आधारमा परिचालित हुनुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस