काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारेको हो ।
‘यही २०७८ साल माघ १२ गते मुलुकका सातवटै प्रदेशमा सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्यको १९ पदको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको पौष १२ गतेको निर्णयानुसार जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन २०७८ पौष २७ गते गर्ने भनिएकोमा उक्त जिल्लाहरुको जिल्ला कार्यसमितिको निर्वाचन, २०७८ माघ १५ गते शनिबारका दिन हुने भएको व्यहोरा यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ निर्वाचन समितिका सचिव केशव रिजालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ पुस २०७८, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक