काठमाडौं ।आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।
पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ पुस २०७८, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय