महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव बजरङ्ग नेपाली आमरण अनसनमा बसेका छन् । क्षेत्रको अधिवेशन सम्पन्न नभई २७ पुसमा जिल्ला अधिवेशन निर्धारण गरेको भन्दै उनी आज बिहान ८ बजेदेखि अनसनमा बसेका हुन् ।
क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेता नेपालीको अनसनलाई ऐक्यबद्धता जनाएको छ ।
मंगलवार जिल्ला कार्यसमितिले केन्द्रलाई नेता नेपालीको भोक हडतालप्रति ध्यानाकर्षणसहितको पत्र समेत पठाइसकेको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।
विवादकै कारण अझै महोत्तरीको क्षेत्र नम्बर ३ मा अधिवेशन हुन सकेको छैन । संस्थापन र संस्थापन इतरका बीच विवाद हुँदा क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित भएको थियो ।
निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु आपत्तिजनक रहेको पूर्वमहासचिव नेपालीको भनाइ छ । मंगलबार नै नेता नेपालीले जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाउँदै विवादित ठाउँहरुको विवाद नटुङ्ग्याएसम्म भोक हड्ताल गर्ने चेतावनी दिएका थिए ।
नेता नेपालीको हड्ताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछिमात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले पनि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ पुस २०७८, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै