प्रदेश -१ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनयन

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, १४ : ०३
प्रदेश -१ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनयन

विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान विराटनगर पुगेर राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । 

७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म उम्मेदवारी दर्ताकाे समय तोकिएको छ । निर्वाचन भने आगामी १२ माघमा हुँदैछ ।  

प्रतिक्रिया दिनुहोस