एजेन्सी । दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँको संसद नेसनल एसेम्बलीमा आगो लागेको थियो । शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् । आगलागीको कारण अझै खुलेको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको लिलेले बताइन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ पुस २०७८, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपका सात खेलमा अपराजित रहँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश