दक्षिण अफ्रिकाको संसदमा आगजनीः शंकास्पद एक व्यक्ति पक्राउ

एजेन्सी

सोमबार, १९ पुस २०७८, १० : २६
दक्षिण अफ्रिकाको संसदमा आगजनीः शंकास्पद एक व्यक्ति पक्राउ

एजेन्सी । दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँको स‌ंसद नेसनल एसेम्बलीमा आगो लागेको थियो ।  शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् ।  आगलागीको कारण अझै खुलेको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको लिलेले बताइन् । 

प्रतिक्रिया दिनुहोस