काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ मा दक्षिण अफ्रिकाले सातमध्ये सातै खेल्नमा विजय हासिल गरेको छ।
समूह चरणका चारै खेल जितेको उसले सुपर ८ का तीनै खेल पनि जितेको छ। आइतबार भएको खेलमा उसले जिम्बावेलाई पाँच विकेटले पराजित गर्यो।
पहिला ब्याटिङ गरेको जिम्बावेले १५४ रनको लक्ष्य दिएको थियो। १७.५ ओभरमा ५ विकेट गुमाएर दक्षिण अफ्रिकाले सहजै सो लक्ष्य पूरा गरेको हो।
समूह चरणमा दक्षिण अफ्रिकाले क्यानडा, अफगानिस्तान, न्युजील्याण्ड र युएईलाई पराजित गरेको थियो।
त्यस्तै, समूह ८ मा भारत, वेष्ट इन्डिज र जिम्बावेलाई हराएको हो। उत्कृष्ट फर्मममा रहेको दक्षिण अफ्रिकालाई यो विश्वकपमा उपाधिको दाबेदारको रूपमा हेरिएको छ।
विश्वकपमा दक्षिण अफ्रिकासहित इंल्याण्ड र न्युजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्। आजै भारत र वेष्ट इन्डिजबिच हुने खेलको विजयीमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा
समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश