काठमाडौंं । माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको नाम पनि आजकै स्थायी समिति बैठकमा प्रचण्डले प्रस्तुत गर्ने भएका छन् ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिबार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ । जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो २ बजेसम्म बन्दसत्र स्थगित गरिएको छ । स्थायी समितिबाट पास भएका १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिमा रहनेको नाम प्रचण्डले बन्दसत्रमा प्रस्तुत गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने