लमजुङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’
यही गठबन्धनले स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धन सँगै हुनेछ । नेता नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे । उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए । नेकपा एमाले अध्यक्ष केपी वलीलाई इङकित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अव तानासाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे ।
अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले ओली सामन्तवादी नेता भएकाले ओलीतन्त्रको अन्त्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ पुस २०७८, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल