माओवादी महाधिवेशन : सर्वसम्मतिले पार्टीको विधान पारित, पदाधिकारीको संख्या टुंग्याउने जिम्मा केन्द्रीय कमिटीलाई

सफल खबर संवाददाता

शनिबार, १७ पुस २०७८, १२ : ३५
माओवादी महाधिवेशन : सर्वसम्मतिले पार्टीको विधान पारित, पदाधिकारीको संख्या टुंग्याउने जिम्मा केन्द्रीय कमिटीलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित भएको हो ।  

कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको आजको बन्द सत्रमा गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइसकेका छन् । विधानमा उठेका विभिन्न समूहका प्रश्नको जवाफ देव गुरूङले दिएका थिए। जवाफ दिएपछि विधान पारित भएको हो ।

विधानले २९९ सदस्य केन्द्रीय कमिटी र १५ प्रतिशत केन्द्रीय कमिटीले मनोनीत गर्न सक्ने प्रावधान पारित गर्‍यो । यद्यपि पदाधिकारीको संख्या भने टुंगिएन। पदाधिकारीको संख्या टुंग्याउने जिम्मा केन्द्रीय कमिटीलाई दिइएको छ। 

पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

प्रतिक्रिया दिनुहोस