नेता र जनताको एउटै स्वर : एमसिसी सम्झौता खारेज गर !

रासस

शनिबार, १७ पुस २०७८, ०८ : ०४
नेता र जनताको एउटै स्वर : एमसिसी सम्झौता खारेज गर !

काठमाडौं । एमसिसी सम्झौता खारेजीको माग गर्दै राजधानी काठमाडौँको बानेश्वरमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा माइतीघर जम्मा भएका थुप्रैको हातहातमा प्लेकार्ड थियो। प्लेकार्डसँगै उनीहरुले नारा लगाएका थिए, ‘एमसिसी सम्झौता खारेज गर !’ उनीहरुले मात्र नभएर जुलुको नेतृत्व गरेका व्यक्तिहरुले पनि उनीहरुलाई साथ आवाजले साथ दिए, ‘खारेज गर !’, ‘खारेज गर !’

यतिमात्र हैन, मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० को विरोधमा नेपाल मजदुर किसान पार्टीले संघीय संसदको तीन दिशामा गरेको विरोध सभाको सहभागी जनता, कार्यकर्ता र नेताहरुले एकै श्वरमा नारा लगाएका थिए।

यतिमात्र हैन, नेताहरुले गरेको भाषणमा समेत सहभागीहरुले साथ दिए। नेताहरुले मञ्चबाट एमसिसी अनुमोदन गराउनेहरुलाई खबरदारी गर्दा, सडकमा पलेटी कसेर बसेका, उठेर बसेकाहरुले समेत खबरदारी गरेका थिए।

संघीय संसदको पूर्वतिर मिनभवन, उत्तरतिर पुरानो बानेश्वर जाने सडक र पश्चिमतिर एभरेष्ट होटलसँगैको सडकमा पार्टीले विरोध सभा गरेको थियो। विरोध सभा अघि पार्टीले माइतीघर, कोटेश्वर र पुरानो बानेश्वरबाट जुलुस निकालेको थियो।  

जुलसमा सहभागीहरुले ‘एमसिसी सम्झौताः खारेज गर, एमसिसीका मतियार—होसियार, एमसिसी पास गर्ने सरकार र सांसद– खबरदार’ लगायतका नारा लगाएका थिए। नारा जुलुसहित संघीय संसदको तीन ठाउँमा एकैपटक भएको विरोध सभामा पार्टीका विभिन्न तहका नेताहरुले एमसिसी सम्झौता देशघाती भएकाले सो सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस