काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी गरे।
बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारिता नै भुत्ते भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क गरे। अध्यक्ष नेपालले एमालेमा केही गरौं भन्ने भावना समेत नरहेको बताए।
‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन। धार भुत्ते भयो। भएपनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ। धारै छैन’, उनले भने, ‘क्रान्तिकारी चिन्तन नै छैन। परिवर्तनको संकल्प नै छैन। निःस्वार्थ भावना पनि छैन। केही गरौं भन्ने पवित्र सोच नै छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन। त्यो पाटीपौवा हुन पुग्दछ। त्यो पाटीपौवाको केही काम छैन।’
अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोहोर्याए। उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुटन नेता, कार्यकर्तालाई निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ पुस २०७८, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल