काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले पुष १५ गतेबाट माघ १५ गतेसम्म १ महिना मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने जनाएको छ ।
ग्राहकहरुलाई थप छुटमा पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा ३ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने जनाएको छ । पुष १७ गते देखि लागु हुने क्यासब्याक योजना सिमित अवधिका लागि रहनेछ ।
बैंकिङ्ग सेवाको पहुँच सबतिर पुर्याउने उद्देश्यले ग्लोबल आइएमईले ७६ जिल्लामा बैंकको २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ पुस २०७८, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा
ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमापूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने