काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले पुष १५ गतेबाट माघ १५ गतेसम्म १ महिना मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने जनाएको छ ।
ग्राहकहरुलाई थप छुटमा पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा ३ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने जनाएको छ । पुष १७ गते देखि लागु हुने क्यासब्याक योजना सिमित अवधिका लागि रहनेछ ।
बैंकिङ्ग सेवाको पहुँच सबतिर पुर्याउने उद्देश्यले ग्लोबल आइएमईले ७६ जिल्लामा बैंकको २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ पुस २०७८, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिंङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकले जित्यो अवार्ड
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित