कोरोना अपडेट: थप २२० जनामा संक्रमण पुष्टि , २ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, १७ : ०४
कोरोना अपडेट: थप २२० जनामा संक्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४३५ र एन्टिजेन विधिबाट १ हजार १७५ जनामा परिक्षण गर्दा २२० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २७ हजार ९७२ र एन्टिजेनबाट ९६ हजार १८५ जना पुगेको छ ।  

यस्तै, आज थप २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार ५१८ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको छ ।

प्रतिक्रिया दिनुहोस