माओवादी महाधिवेशन

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समय सकियो, आजै निष्कर्ष सुनाइने

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, १३ : १४
प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समय सकियो, आजै निष्कर्ष सुनाइने

काठमाडौँ । काठमाडौँमा जारी नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा समूहगत छलफलका लागि निर्धारित समय सकिएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई छलफल गर्न हिजोसम्मका लागि समय छुट्टयाईएको थियो । तर, केही समूहले छलफल नसकेपछि आज मध्यान्ह १२ बजेसम्म समय थप गरिएको थियो ।

समुहगत छलफल सकिएसँगै आजै बन्दसत्रमा टोलि नेताहरुले आ-आफ्ना समूहका सुझावसहितका निष्कर्ष पेश गर्ने कार्यक्रम छ । त्यसका लागि प्रत्येक टोली नेतालाई १५ मिनेटको समय तय गरिएको छ ।

बन्दसत्रको पहिलो दिन सोमवार अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ वटा समूह बनाइएको थियो । सोमबार र मंगलबार दिनभर प्रतिनिधिहरुले ६ स्थानमा समूहगत छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस